साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

प्रभा बरालको “फिलिङ्गो” लोकार्पित

Chovar Blues Mobile Size

प्रभा बरालको औपन्यासिक कृति फिलिङ्गो प्रज्ञाप्रतिष्ठानको सभाहलमा लोकार्पण भएको छ । डा. रजनी ढकाल, वसन्त बस्नेत, आलोक चालिसे र लेखक प्रभा बरालले कृतिको विमोचन गरे ।

जापानी र नेपाली परिवेश रहेको यो पुस्तकमा जापानी र नेपाली महिलाका मानवीय संवेदनाका प्रसङ्गहरु रोचक ढङ्गमा आएका छन् ।

उपन्यासले जीवन आफ्ना लागि बाँच्नु पर्छ र आफ्नो अस्तित्वको लडाइँ आफैँ लड्नुपर्छ भन्ने चेतनाबोध बोकेको कार्यक्रममा बताइयो ।

पुँजीवादी अर्थव्यवस्था र पितृसत्ताको शोषणमा महिलाहरु कसरी चेपिन्छन् भन्ने बारेमा यो उपन्यासले आवाज उठाएको छ ।
पैसाको पछाडि भौतारिन बाध्य आप्रवासी नेपाली, शिक्षाको नाममा पढ्न जाने विद्यार्थी र त्यसै क्रममा भोग्नु परेका भुक्तमानका कथाहरु यहाँ उनिएको छ ।

त्यसैगरी नेपाली युवायुवतीले जापानी भूगोलमा गरेका सङ्घर्षका अनेक किस्साहरुलाई उपन्यासले समेटेको छ । पुस्तक अक्षर प्रकाशनले बजारमा ल्याएको हो । ३०८ पृष्ठ रहेको यस पुस्तकको मूल्य ५५० रहेको छ ।

प्रतिक्रिया
Loading...