कवि तथा सञ्चारकर्मी एलिसा ढुङ्गाना सम्मानित भएकी छिन् । क्लासिक एफएममा कार्यरत ढुङ्गाना पत्रकारिताको माध्यमबाट जनस्वास्थ्यसम्बन्धी सामाजिक चेतना फैलाउने कार्यमा उल्लेखनीय योगदान पु¥याएबापत ओम समाज डेण्टल अस्पतालद्वारा सम्मानित भएकी हुन् ।
ओम समाज डेण्टल अस्पताल तथा डेन्टल एशोसिएसनको सहकार्यमा विश्व मुख स्वास्थ्य दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नगद र सम्मान–पत्रसहित ढुङ्गानालाई सम्मान अर्पण गरेका थिए ।
सो अवसरमा नेपालको दन्त चिकित्सामा पहिलो विशेषज्ञता हासिल गर्ने डा. माणिकरत्न बज्राचार्य र वरिष्ठ चिकित्सक डा. अनारकली पियालाई सम्मान गरिएको थियो । त्यसैगरी पत्रकारहरू गोविन्द चौलागाई, सिबी अधिकारी, यशिमा महत र कृष्ण न्यौपानेलाई पनि सम्मान गरिएको थियो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
