
खगेन्द्र अधिकारी
कथाकार ललित विष्टको कथाकृति ‘मोहपथ’लाई कर्णाली साहित्य समाज कृति पुरस्कार २०७६ ले सम्मान गरिने भएको छ ।
५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार कर्णाली साहित्य समाजद्वारा विष्टको मोहपथलाई प्रदान गर्न लागिएको हो ।
यसका साथै २५ हजार रुपैयाँ राशिको कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार लोकगायक एवम् वाद्यवादक प्रेमदेव गिरी, ताम्रपत्र सहितको कर्णाली साहित्य साधना सम्मान शताव्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिने समाजका अध्यक्ष खगेन्द्र अधिकारीले बताए ।
वीरेन्द्रनगरमा एक कार्यक्रमका बीच चैत्र ११ गते सम्मान तथा पुरस्कार वितरण गरिने अध्यक्ष अधिकारीले जानकारी दिए ।




साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२४ कार्तिक २०८२, सोमबार 






