अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरकाे आयाेजनामा टाइम्स् स्क्वायर भाटभटेनीमा स्रष्टा विशेष सृजना कार्यक्रम एक समारोहका बीच सम्पन्न भएकाे छ । कार्यक्रममा अनेसासका आजीवन सदस्य साहित्यकार श्री मोहनबहादुर कायस्थको ‘पारि किनारबाट वारि हेर्दा’ पुस्तकको विमोचन तथा पुस्तकमाथि अन्तरक्रिया गरिएकाे थियो ।
तुलसी दिवसकाे प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा बोर्ड अफ ट्रस्टीका सल्लाहकर प्रा.डा. खगेन्द्र लुइँटेल, बोर्ड ओफ ट्रस्टीका सदस्य तथा केन्द्रीय सदस्य डाक्टर रेणुका सोलु , कवि तथा निबन्धकर मोमिला जोशी, कवि तथा नाटककार अशेष मल्ल, प्रा.डा. सावित्री मल्ल कक्षपतीलगायतको उपस्थिति रहेको थियो ।
आनेसास नेपालकी अध्यक्ष सन्ध्या पहाडीको स्वागत मन्तव्यबाट प्रारम्भ भएकाे कार्यक्रममा अनेसासका सल्लाहकार प्रा.डा खगेन्द्र लुइँटेल, तुलसी दिवस, गीता कार्की, डा. रेणुका सोलु र मोमिला जोशीले कार्यक्रमको औचित्य र पुस्तकमाथि प्रकाश गरेका थिए । कायस्थकाे पुस्तकमाथि प्रा.डा. सावित्री कक्षपतीले विश्लेषण गरेकेकाे कार्यक्रममा मातृका पाेखरेल, नरेन्द्रबहादुर श्रेष्ठ, प्रतीक ढकाल, राजेस्वरी श्रेष्ठ, ध्रुव माधिकर्मी लगायत २ दर्जनभन्दा बढ़ी साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
अनेसास नेपालकी अध्यक्ष सन्ध्या पहाडीकाे सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन आनेसासका सदस्य सुमन वर्षाले गरेका थिए ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला