नेपाली कविता र नाटक बिधाका सशक्त हस्ताक्षर गोपी सापकोटाको पहिलो उपन्यास ‘काँचो कागज’ बजारमा आएको छ । ‘काँचो कागज’ कलम प्रकाशनले प्रकाशित गरेको हो ।
उपन्यास प्रेम, आशक्ति र आध्यात्मको बिषयमा रहेको कुरा लेखक गोपी सापकोटाले बताएका छन् । बि.सं २०४४ सालको परिवेशबाट शुरु भएको उपन्यासको कथा बि.सं. २०८८ मा टुङ्गिएको छ । उपन्यासको बारेमा गोपीले भने, ‘यो उपन्यास मैले वास्तविकताको धरातल र कल्पनाको आकाश बीचको क्षितिजमा बसेर लेखेको हुँ । त्यसैले उपन्यास कतै यथार्थजस्तो लाग्नेछ, त कतै काल्पनिकजस्तो लाग्नेछ ।’
‘काँचो कागज’ भन्दा पहिले गोपीका नाटकका चार, कविताका तीन र बालकथाको एक गरी जम्मा आठ पुस्तक प्रकाशित भइसकेका छन् ।
बिगत तीन दशकदेखि नेपाली साहित्यमा सक्रिय सापकोटाको लेखनमा नविनता पाइन्छ । नेपाली नाटकमा प्रयोगधर्मी नाटककारको रुपमा परिचित गोपीको उपन्यासको बारेमा धेरै पाठकहरुले चासो राखेको पाइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।