कथा, कविता, निबन्ध, उपन्यास, नियात्रा, गीत, गजल आदि क्षेत्रमा प्रख्यात नेपाली सर्जकले पढाउने कक्षामा सहभागी हुन घोस्ट राइटिङ नेपाल प्रा.लि.ले सूचना जारी गरेको छ ।

आउँदो फागुन २५ गतेबाट नयाँ कक्षा सञ्चालन हुने जनाइएको छ ।

१३ औँ ब्याचको प्रशिक्षण सकिएपछि १४ औँ ब्याचका लागि प्रशिक्षण शुरू भएको घोस्ट राइटिङले जनाएको हो ।

‘यहाँ आएपछि मलाई थाहा भयो, वास्तवमा कथा त मभित्रै पो रहेछ,’ प्रशिक्षण लिइसकेकी निर्मला बरालले बताइन् । त्यस्तै डा. सौरभ सुनार भन्छन्, ‘साहित्यकार बन्न यो कक्षा कोशेढुङ्गा हुने पक्का छ ।’

डा. नवराज खतिवडा भन्छन्, ‘हामी साहित्यको मुडो बोकेर हिँडेका रहेछौँ । यो प्रशिक्षणले हामीलाई ताछछुछ गरी किलो बनायो ।’

प्रशिक्षण कक्षामा प्रख्यात साहित्यकारहरू अशेष मल्ल, एसपी कोइराला, कुमार नगरकोटी, डा. कृष्णहरि बराल, अश्विनी कोइराला, अमर न्यौपाने, अभि सुवेदी, अनन्त वाग्ले, अखण्ड भण्डारी, कुमार कोइराला, खगेन्द्र संग्रौला, गीता त्रिपाठी, गोविन्दराज भट्टराई, तुलसी दिवस, प्रा. डा. दयाराम श्रेष्ठ लगायतले कक्षा दिइसक्नु भएको छ ।

यसैगरी कक्षा दिनेहरूमा दिनेश अधिकारी, डा. देवी नेपाल, डा. ध्रुवचन्द्र गौतम, नयनराज पाण्डे, नारायण ढकाल, नारायण वाग्ले, डा. निर्मोही व्यास, प्रभा भट्टराई, डा. विप्लव ढकाल, भिक्टर प्रधान, माया ठकुरी, मोमिला, यज्ञश, युवराज नयाँघरे, रमेश खकुरेल, रमेश क्षितिज, डा. राजेन्द्र सुवेदी, रामकुमार पाँडे, रामप्रसाद ज्ञवाली, रोशन शेरचन, डा. लक्ष्मणप्रसाद गौतम ललिजन रावल, सरूभक्त, सुविन भट्टराई, श्यामल, शरच्चन्द्र वस्ती, शारदा शर्मा, श्रवण मुकारूङ, स्वामी चन्द्रेश, हरिहर शर्मा, श्रीओम श्रेष्ठ रोदन, ज्ञानुवाकर पौडेल लगायत हुनुहुन्छ ।