फेसबुकमा सक्रिय किताब पढन्तेहरुको समुह “बुकाहोलिक्स” ले आज एउटा साहित्यकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । कोरोना कहरका बीच अनलाइनमा ‘लकडाउनमा स्रस्टासँग साक्षात्कार’ कार्यक्रममा सहभागी साहित्यकार स्रस्टालाई बुकाहोलिक्सले धुम्बाराहीस्थित होटल अकामामा भेटघाट कार्यक्रम राखेको हो ।
अनौपचारिक शैलीमा संचालन भएको कार्यक्रमको सुरुवातमा साहित्यकार कृष्ण धरावासीले आइतबार दिवंगत हुनुभएका डा. शकंर प्रसाद उप्रेतीका बारे सम्झना मन्तव्य राख्नुभएको थियो । उप्रेतीसँग धरावासीको संगत, याद र उनका योगदानबारे धराबासीले चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा जीवा लामिछाने, अमोददेव भट्टराई, एलबी क्षेत्री, चिराज बाङ्देल, दिनकर नेपाल र चन्द्र कटुवालले कोरोना कालमा बुकाहोलिक्सको कार्यक्रममा जोडिँदाको अनुभवबारे मन्तव्य राख्नुभयो ।
लकडाउनको समयमा नै बुकाहोलिक्सले गरेको अनलाइन कविता प्रतियोगिताको विजेताहरुलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । प्रतियोगिताका विजेता क्रमश: प्रथम कुमार शर्मा, दोस्रो सागर केसी र तृतीय स्मृति रानाभाटलाई सम्मानपत्र र कार्यक्रम प्रायोजक संस्था साहित्यपोस्ट र किताब यात्राको तर्फबाट गिफ्ट भौचर हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा ५० बढी साहित्यकारको उपस्थिति थियो ।
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)