अन्तर्राष्ट्रिय जलरंग समाज नेपालले शनिबार देशका सात जना वरिष्ठ कलाकारहरुको मुहार चित्र कोरेको छ । ‘लेट्स पेन्ट पोट्रेट’को दोस्रो संस्करणअन्तर्गत गएको शनिबार बिहान देशका सातजना वरिष्ठ कलाकारहरुले काठमाडौँस्थित अकामा होटलको हलमा नियात्राकार जीवा लामिछानेको मुहारचित्र कोरिएको थियो ।
सो मुहारचित्र उतार्न खप्पिस कलाकारहरुमा आलोक गुरुङ्ग, ओम गुरुङ्ग, डि.बि. राई, पक बहादुर थापा, डि. राम पाल्पाली, किरण कुमार सिगुु र एन.बि. गुरुङ्गले नियात्राकार जीवा लामिछानेको मुहार चित्र उतारेका हुन् ।
जीवन्त मुहार चित्र कोर्ने काम निकै चुनौतीपूर्ण रहेको जलरंग समाजका एनबि गुरुङले बताउनुभयो । त्यसमा पनि मोडल अगाडि रहेका बेला एक मुद्रामा बसिरहेको र निश्चित समयभित्रै मुहारचित्र कोर्नुपर्ने भएकोले कलाकारहरु निकै दबाबमा पर्ने उहाँको भनाइ थियो ।
एक राम्रा नियात्राकारको रुपमा पनि चिनारी बनाइसक्नु भएका लामिछानेका दुई पुस्तक प्रकाशित छन् । ‘सर्सर्ती संसार’ र ‘देश देशावर’ बजारमा आइसकेका छन् । संसारका लगभग १३० भन्दा बढी देश घुमिसक्नु भएका लामिछाने किताबको माध्ययमबाट धेरै मानिसहरुलाई घरमा नै बसेर पनि संसारको केही फन्को लगाउने अवसर प्रदान गर्नुभएको छ ।
बिभिन्न कोणबाट मुहार चित्र कोर्नु हुने कलाकार पनि यसमा सहभागिता जनाउन पाउँदा खुसी र उत्साहित देखिनु हुन्थ्यो ।
हेर्दै बोलिहाल्ने जस्ता मुहारचित्रमा अनेक रंग भरिरहेको हेर्नमा पनि निकै रोचक लागिरहेको थियो । सो कार्यव्रmममा नेपाल ललितकता प्रज्ञाप्रतिष्ठानका प्राज्ञ, रमेश खनाल लगायत बिभिन्न पत्रकारहरु पनि उपस्थित हुनुहुन्थ्यो ।
साप्ताहिक रुपमा चल्ने लेट्स पेन्ट पोट्रेट हरेक साता आयोजना गर्ने गरिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।