अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२१ को उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा युनेस्को काठमाडौँसँगको सहकार्यमा मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७७’ भव्य रुपमा आयोजना गरियो । महोत्सवको समुद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो ।

उक्त महोत्सवलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले मातृभाषाहरूको संरक्षण र संवद्र्धनमा राज्य र सबै पक्षले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । “हाम्रो मौलिक भाषामा भएको अतिक्रमणलाई स्विकार्न गाह्रो हुन्छ,” उहाँले भन्नुभयो– “बिस्तारै विभिन्न जातजातिमा मौलिक भाषा बोल्नेको सङ्ख्यामा कमी आइरहेको छ, कतिपय भाषा लोप भइसकेका छन् भने कतिपय लोप हुने अवस्थामा छन्, तिनको संरक्षण गर्नु राज्यको दायित्व हो ।”

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सभाध्यक्षको आसनबाट बुहभाषा, बहुसंस्कृति र बहुलता मुलुकको विशिष्ट पहिचान भएको उल्लेख गर्दै मातृभाषा र मातृभाषा साहित्यको संरक्षण तथा प्रवद्र्धनका लागि प्रज्ञा–प्रतिष्ठान गम्भीरतापूर्वक लागिपरेको बताउनुभयो । उहाँले आगामी वर्षमा अझै भव्य र सार्थक रुपमा महोत्सव आयोजना गरिने प्रतिबद्धता प्रकट गर्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपालको सम्पत्ति भनेकै जातजातिका विविध संस्कार, संस्कृति र मातृभाषा भएको धारणा व्यक्त गर्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्यायले कविता वाचन सत्रको अन्त्यमा सांस्कृतिक झाँकी प्रस्तुत गर्ने समूहहरू र मातृभाषामा कविता वाचन गर्ने कविहरूलाई प्रमाण–पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागका प्रमुख प्राज्ञ लक्ष्मी मालीले महोत्सव आयोजनाको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । उहाँले मातृभाषा राष्ट्रिय कविता महोत्सवका लागि ५६ भाषाका १ सय ५४ ओटा कविता आएका र ती मध्ये अतिथि कवितासहित ७० ओटा कविता वाचनका लागि छनोट गरिएको बताउनुभयो । कार्यक्रममा अतिथि कवि रामनारायण देवले मैथिली भाषामा ‘मिथला महान्’ शीर्षकको कविता वाचन गरी कविता महोत्सवको आरम्भ गर्नुभएको थियो ।

उक्त कविता महोत्सवमा मैथिली रामनारायण देव (अतिथि कवि), अवधीमा आरती पटेल (बाँके) र राकेशकुमार यादव (रूपन्देही), अठार मगर खाम राकेश बिएम ‘चिन्तन’ (रोल्पा), आठपहरियाविमला आठपहरिया (धनकुटा), उर्दु अब्दुल करिम मुसलमान (कपिलवस्तु), उराँव संगीता उराँव (सुनसरी), कुमाल पशुपति कुमाल (ललितपुर) र कुमाल रमा कुमाल (अर्धाखाँची), कुलुङ मनुहाङ किराँती (सोलुखुम्बु), केवरत रमेश केवरत (मोरङ), खस जुम्ली जगत वाशिष्ठ (कैलाली), खस हुम्ली लक्ष्मी ऐडी (हुम्ला), गुरुङ तेजबहादुर गुरुङ (स्याङ्जा), गोपाली रुपचन्द्र गोपाली (मकवानपुर), घले चन्द्र घले (गोरखा), चाम्लिङ राई जीवनजित चाम्लिङ (खोटाङ), चाम्लिङ राई बुङातङ राई (खोटाङ), चेपाङ नेपोलियन चेपाङ (चितवन), छन्त्याल अरुणा छन्त्याल (म्याग्दी), छलङ राई नरेन्द्र कश्चित् (धनकुटा), जिरेल डिवी जिरेल (दोलखा), जेरुङ नैन सटाल्चु जेरुङ (ओखलढुङ्गा), डगौरा थारू उर्मिला गम्वा थारू (कञ्चनपुर) र भीमेशकुमार चौधरी (दाङ), ढुट मगर अमृता थापा मगर (स्याङ्ज), ताजपुरिया तीर्थकुमार ताजपुरिया (झापा), तामाङ कविराज तामाङ (काभ्रे), तामाङ जीवन लामा यात्रा (दोलखा), तीन गाउँले थकाली रामबहादुर थकाली (मुस्ताङ), थामी कुन्ती थामी (दोलखा), दुङमाली राई करुणा राई (भोजपृुर), दुमी तेजमाया दुमी राई (खोटाङ), दुरा नन्दकुमारी दुरा (लमजुङ), देवास राई विष्णु देवास राई (मकवानपुर), धिमाल निशा धिमाल (काठमाडौँ), नाछिरिङ प्रतापसिंह नाछिरिङ (खोटाङ), नेपाल भाषा आर मानन्धर (काठमाडौँ), नेपाल भाषा लक्ष्मीलोचना वैद्य (भक्तपुर), नेपाल भाषानरेश अमात्य (ललितपुर), पुमा राई सम्पूर्ण (खगिन्द्र) पुमा राई (खोटाङ), पूर्वी थारूसन्दीपकुमार चौधरी (सप्तरी), बज्जिका रामचन्द्र महतो कुशवाहा (सर्लाही), बान्तावा राई दीपक बान्तावा (भोजपुर) र बान्तावा राई दिलु राई (इलाम), बायुङ राई कर्ण बायुङ राई (खोटाङ), भोजपुरी चन्दनकुमार साह (रौतहट), भोजपुरी पञ्चराम मौर्य (रूपन्देही), भोजपुरी मौसमी कुशवाहा (बारा), मगही भुवनेश्वर महतो कोइरी (धनुषा), माझीअनिता माझी (सिन्धुपाल्चोक), मारवाडी निर्मला जोशी शर्मा (झापा), मुगाल आङ्ग्याल लामा (मुगु), मैथिली स्वतन्त्रकुमार कर्ण (सर्लाही) र कञ्चना झा (सप्तरी), याक्खा हेन्सेन याक्खा (सुनसरी), राजवंशी अञ्जु राजवंशी (झापा), राना थारू वासमती राना (कञ्चनपुर), लिम्बू लक्ष्मीप्रसाद मादेन ‘मुक्सुम’ (ताप्लेजुङ), लिम्बू पुष्पहाङ लोवा (झापा), लोहोरुङदिवस राई(सङ्खुवासभा), ल्होमी छिन्चिप्पा ल्होमी (सङ्खुवासभा), वाम्बुले राई मुना वाम्बुले राई(ओखलढुङ्गा) र वाम्बुले राई सोनाम सज्जन किराती (खोटाङ), शेर्पा लाक्पा शेर्पा (ताप्लेजुङ), सन्थाल शिबु मुर्मु (झापा), सुनुवार शोभा सुनुवार (रामेछाप), संस्कृत डा. महानन्द तिमिल्सिना (सुनसरी), हायु गुना हायु (सिन्धुली) र ह्योल्मो भाषातर्फ टासी दोङ्वा ह्योल्मो (सिन्धुपाल्चोक) का कविता वाचन गरिएका थिए । महोत्सवमा केही कवि भने जुम मार्फत सहभागी हुनुभएको थियो ।
महोेत्सवमा धिमे बाजा– बज्रकला कुञ्ज, च्याबु्रङ– याक्थुम केलाङ सयङ, सखिया– चम्पन सांस्कृतिक समूह, शेर्पा– हिमालयन शेर्पा सांस्कृतिक कला केन्द्र, सेमुना साकेन्वा–सेमुना साकेन्वा सांस्कृतिक समाज (बान्तावा राई), धिमाल–धिमाल जाति विकास केन्द्र, नेपाल, घले– लिल फङ, देउडा– सैपाल सांस्कृतिक कला केन्द्र, हुर्रा– मगर हुर्रा तथा संस्कृति संरक्षण केन्द्र, साकेला– किरात राई यायोक्खा, काठमाडौ (किरात राई), गुरुङ– अठार सय तमु समाज, गोरखा, होरी– भोजपुरी प्रज्ञा प्रतिष्ठान, केइ लाक्मा– किरात याक्खा छुम्मा, काठमाडौँ, तामाङ– ताम्बा सङ्घ, नेपाल, सुनुवार– सुनुवार सेवा समाज र दुुरा– दुरा सेवा समाजले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मुलुकभरिको प्रतिनिधित्व गरी आएका जातजाति एवम् मातृभाषी समूहको पहिचानसहितको भेषभूषा र सांस्कृतिक विशेषता झल्कने १६ ओटा समुदायका बाजागाजासहितको सांस्कृतिक झाँकी प्रदर्शन गरिएका थिए ।
उद्घाटन सत्रको कार्यक्रम प्राज्ञ शशी लुमुम्बू र कविता वाचन सत्र महोत्सव तयारी उपसमितिका सहसंयोजक पदम राईले सञ्चालन गर्नुभएको थियो ।