साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘ठमेल बजारमा’ अशोक–सुनिता (भिडियोसहित)

चर्चित गायक–गायिकाद्वय अशोक मुकारुङ र सुनिता थेगिमको स्वरमा ‘ठमेल बजारमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सिङ्गापुर पुलिस फोर्समा कार्यरत गायक तथा गीतकार करवीर तामाङको शब्द र पदमराजन मगरको सङ्गीत रहेको गीतको भिडियो युटुबमार्फत सार्वजनिक भएको हो । गीतको भिडियोमा नृत्य निर्देशक गोविन्द राईको परिकल्पना रहेको छ ।

उक्त गीति–भिडियोमा अमेरिकामा बस्दै आएका निर्माता तथा अभिनेता रमेशचन्द्र राई र सीता राईको अभिनय रहेको छ । सन्दीप भुजेलको कोरियोग्राफी र निर्देशन रहेको भिडियो सञ्जित घिसिङले छायांकन र सम्पादन गरेका हुन् ।

पाँचथरको मिक्लाजुङमा जन्मिएका गायक अशोक लामो समय सिङ्गापुर पुलिस फोर्समा कार्यरत थिए । पाँच वर्ष अगाडिमात्र स्वदेश फर्केका मुकारुङ पराई भूमिलाई कर्मथलो बनाए पनि नेपाली गीतसङ्गीत क्षेत्रमा भने २०५४ सालबाट निरन्तर लागिपरेका हुन् । उनका हालसम्म पाँच ओटा गीति एल्बमका साथै दुई सय जति फुटकर गीतहरू रेकर्ड भइसकेका छन् ।

हेर्नुहोस्, भिडियोः

प्रतिक्रिया
Loading...