ममता मृदुल

एउटा समय थियो, जुन बेला लघुकथाकारहरूको समूह गठन गर्नै समस्या थियो । यतिबेला यो झ्याङ्गिएको मात्र छैन, देशका विभिन्न प्रदेशमा समेत शाखा गठन गर्ने अवस्थामा आइपुगेको छ ।

यसै सन्दर्भमा लघुकथा समाजले प्रदेश १ मा लघुकथाकार ममता मृदुलको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा शरण राई, सचिवमा पर्शुराम घिमिरे, कोषाध्यक्षमा मञ्जुश्री गिरी चयन हुनुभएको छ भने सदस्यहरूमा ऋषि तिवारी, उमा सिजापती र रमेन्द्र कोइराला चुनिनु भएको छ ।

लक्ष्मण नेवटिया, विवश पोखरेल, कविराज न्यौपाने तथा गायत्री चापागाई सल्लाहकारका रूपमा मनोनयन हुनुभएको छ ।

यसरी नै अन्य प्रदेशमा पनि समाजलाई विस्तार गर्दै लैजाने योजना रहेको केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले साहित्यपोस्टडटकमलाई बताउनुभयो ।