कविडाँडा साहित्य सम्मान तथा देव-खिना स्मृति पुरस्कार २०७७ निबन्धकार गायत्री श्रेष्ठलाई प्रदान गरिएको छ । ११ हजार १६० रूपैयाँ तथा सम्मानपत्रसहित श्रेष्ठलाई सो पुरस्कार प्रदान गरिएको हो ।
यसैगरी देव-खिना स्मृति पुरस्कार २०७७ कवि गोपाल पराजुली तथा कुन्ता शर्मालाई प्रदान गरिएको छ । ११ हजार १६० रूपैयाँ नगद तथा सम्मानपत्रसहित सो पुरस्कार प्रदान गरिएकत्र थियो ।
कविडाँडा अविनाशी उत्कृष्ट कृति पुरस्कार भने रामबाबु घिमिरेको निबन्धसंग्रह केन्द्र र परिधिलाई प्रदान गरिएको छ । ११ हजार १६० रूपैयाँ तथा सम्मानपत्रसहित यो पुरस्कार प्रदान गरिएको थियो । यस्तै कविडाँडा राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कार भुवन ढुंगानाको उपन्यास परित्यक्तालाई प्रदान गरिएको छ । २५ हजार रूपैयाँ तथा सम्मानपत्रसहितको यो पुरस्कार फागुन ८ शनिबारको दिन विशेष समारोहका बीच प्रदान गरिएको हो ।
यसैगरी कविडाँडा साहित्य समाजले आयोजना गरिएको कविता प्रतियोगितामा तेह्रथुमका रोहित ढुंगाना प्रथम भएका थिए । सेतो तन्ना कविता प्रथम भएको घोषणासहित १५ हजार १६० रूपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
झापाका निरज दाहालको भकारी शीर्षकको कविता द्वितीय भएको थियो । उनलाई १० हजार १६० रूपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै बाग्लुङकी अस्मिता पौडेलको प्रेमको इन्द्रेणी तृतीय भयो । तृतीय कविताले सात हजार १६० रूपैयाँ नगदसहित प्रमाणपत्र हासिल गर्यो ।
यसैगरी सो प्रतियोगितामा नवलपरासीका अञ्जान प्रदीप, चितवनकी अमिता कँडेल आख्यान, मोरङका नगेन्द्र सुवेदी, रौतहटकी रेणुका जिसी, अछामका लक्ष्मण संगम र वीरेन्द्र जैसी तथा कास्कीका संयोग बस्याल कविताहरू पनि उत्कृष्ट १० भित्र परेका थिए ।
उत्कृष्ट १० भित्रका कवितालाई नगद २ हजार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
यसअघि कविडाँडा साहित्य समाजको १८ औँ वार्षिकोत्सव समारोहलाई कवि तुलसी दिवसले उद्घाटन गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।