पोखरास्थित घुम्ती मुक्तक टोली अब सक्रिय हुने भएको छ । फागुन १ गते बसेको एक बैठकले पहिलेको टोली निष्क्रिय रहेको र संस्थाले मुक्तकको उन्नयनका लागि कुनै कार्य गर्न नसकेको बताउँदै नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
सो कार्य समितिले सक्रिय रुपमा संस्थालाई अघि बढाउने र मुक्तकको उन्नयनका लागि कार्य गर्ने निर्णय पनि गरेको छ । गठित नयाँँ कार्यसमितिमा रुद्र अधिकारी अध्यक्ष चुनिएका छन् ।
यसैगरी, रविन्द्र आशिष शैली (उपाध्यक्ष), दुर्गा तिवारी (उपाध्यक्ष), भुवन सिवाकोटी ( सदस्य सचिव), बिमला अधिकारी देवकोटा (कोषाध्यक्ष) चयन भएका छन् । सदस्यहरुमा भने नम्रता उप्रेती, पुष्पा धमला, विद्या भण्डारी र देवकी तिमिल्सिना छानिएका छन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला