नेपाली साहित्यको उन्नयनका लागि फोन पे जनकपुर साहित्य महोत्सवको दोश्रो संस्करण हुणे भएको छ ! आयोजक संस्ठा नव मिथिला फाउन्डेसन र सह-आयोजक बुकहिल पब्लिकेसन तथा सानो पाइलाले आज राजधानीमा पत्रकार भेट्घाट कार्यक्रम गरी सो जानकारी गराएका हुन् !
यही फागुन १९ देखि २२ गतेसम्म ४ दिन मिथिला नगरी जनकपुरमा हुने सो महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, सभ्यता, राजनीतिलगायतका विषयका १५ सत्रमा ४५ जना वक्ताहरू सहभागी हुनेछन् भने १५ जना सहजकर्ताले प्रश्न सोध्नेछन् !
“जनकपुर क्षेत्रको उत्थान, साहित्य, सभ्यता र संस्कृतिको प्रचारका निम्ति यो महोत्सवले दूतको काम गर्नेछ !”, घोषणा सभाको उद्घाटन गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भन्नुभयो, “जनक, जानकी, याग्यवल्क्य र विधापतिको शहरका एतिहासिक, पौराणिक, धार्मिक धरोहरको प्रवर्धनका लागि पनि जनकपुर साहित्य महोत्सवले अहम भूमिका खेल्नेछ !”
साहित्य महोत्सवका निर्देशक संचारकर्मी दिलभूषण पाठकले महोत्सवले साहित्य-पर्यटनका साथै सारा नेपालीलाई जोड्न मद्दत गर्ने बताउनुभयो ! “सामाजिक मूल्य-मान्यता र नैतिकता हराउँदै गैरहेका बेला यो साहित्य महोत्सवले सबै वर्गका पाठक र आम जनमानसलाई विभिन्न बहसमा सहभागी गराएर जनकपुर एकताको सूत्रमा जोड्नेछ र देषको पठन संस्कृतिमा केही योगदान दिनेछ !”
महोत्सवका संयोजक मनिष झाले जनकपुर साहित्य महोत्सवको पहिलो संस्करणको सफलताले दोश्रो संस्करणसम्म ल्याएको बताउँदै जनकपुर चिनाउन र अपनत्वको अनुभूति गराउन महोत्सव सहायक हुने बताउनुभयो !
डिजिटल दुनियामा साहित्य महोत्सवमा जोडिन पाउँदा गर्व लागेको मुख्य प्रायोजक फोन पे नेपालका निर्देशक सुवास शर्माले उल्लेख गर्नुभयो !
नेपालको विभिन्न क्षेत्र वक्ताहरूदेखि भारत र बंगलादेशबाट समेत लेखकहरूको सहभागिता महोत्सवमा हुनेछ ! महोत्सवमा कवि, उपन्यासकार, पत्रकार, मिडिया-व्यक्तित्व, अभिनेता, संगीतकार, साहित्यकार, राजनीतिज्ञलगायतका क्षेत्रबाट सहभागिता रहनेछ !
महोत्सवमा जनकपुरको सांस्कृतिक, समाजिक जीवनका झाँकी प्रस्तुत हुनुका साथै शहरका विभिन्न भागमा हुने कार्यक्रमले थप रौनकता थप्नेछ ! मैथिल संस्कृति गाम्भीर्य बुझ्दै र स्थानीय खानाका परिकारका स्वाद चाख्दै आफूलाई चिन्न जनकपुर साहित्य महोत्सवमा सहभागी हुन आयोजकले आग्रह गरेका छन् !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।