यस वर्षको लागि प्रदान गरिने रत्न श्रेष्ठ पुरस्कार घोषणा भएको छ । शान्ति निरुपक मण्डलले उक्त निर्णय सार्वजनिक गरेको हो ।
२०७७ का लागि रत्न श्रेष्ठ पुरस्कारका लागि प्राप्त ३५ वटा कृतिमध्ये शान्ति निरुपक मण्डलले उत्कृष्ट कृति छनौट गरेको हो । जसमा चन्द्रप्रकाश बानियाँको निबन्ध सङ्ग्रह “भौज्याहा”लाई रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार (रु ५०,०००/–), श्री डा. प्रमोद ढकालको पूवीर्य दर्शनको पुर्नव्याख्यालाई रत्न श्रेष्ठ प्रादेशिक पुरस्कार (रु २५,०००/–) र श्री महेश्वर पन्तको उपन्यास “फुर्लुङ”लाई धवलागिरी प्रतिभा पुरस्कार (रु १५,०००/–) प्रदान गर्ने समितिले जनाएको छ ।
समितिका अनुसार रत्न श्रेष्ठ पुरस्कार सर्मपण समारोह यही २०७७ फागुन ७ गतेका दिन स्व. रत्नकुमारी श्रेष्ठको ११३ औँ जन्मजयन्ती तथा ४४ औँ स्मृति दिवसका दिन सम्पन्न गर्ने निर्णय भएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला