माघ २५ देखि भृकुटीमण्डपमा ‘बृहत् पुस्तक मेला’ आयोजना हुँदैछ । कोरोना कहारपछिको समयमा पुस्तक प्रवर्द्धन र पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक मेला आयोजना गरिएको मेला आयोजक कमिटीले जानकारी दिएको छ ।
काठमाडौंका ५० बढी प्रकाशन संस्थाको पुस्तक मेलामा विशेष छुटमा उपलब्ध हुने र मेला अवधिमा बिभिन्न नयाँ पुस्तक पनि विमोचन गरिनुका साथै लेखकसँग साक्षात्कार कार्यक्रमहरु पनि राखिने आयोजकले जानकारी गराएको छ ।

फागुन १० सम्म चल्ने मेलामा सबै प्रकाशन संस्थाको किताब उपलब्ध हुनेछ र १५ प्रतिशत देखि ४० प्रतिशतसम्म छुटमा किताबहरु बिक्री गरिने समेत जानकारी गराइएको छ ।

कोरोना कहर पछिको विषम परिस्थितिमा प्रकाशन संस्थाहरु समास्याबाट गुज्रिरहेको अवस्थामा पुस्तक मेलाले उत्साह थप्ने विश्वास आयोजकले लिएको छ ।

पुस्तक मेलामा सबैको सहभागिता र सहयोगको लागि आयोजक कमिटीले आह्वान समेत गरेको छ ।