समालोचक तथा कवि महेश कार्की क्षितिजको कवितासङ्ग्रह ‘एक्लो महारथी’ को एक कार्यक्रमका बीच विमाेचन गरिएकाे छ । कार्की कवितासंग्रह अघिल्लाे साता बजारदेखि बजारमा आएकाे थियो ।

साहित्यकार भुवनहरि सिग्देलको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कृति विमाेचन कार्यक्रममा नवराज लम्साल, ज्योति जङ्गल, मणि लोहनी र प्रज्वल अधिकारीले सङ्ग्रहबाट कविता वाचन गरेका थिए ।

कार्यक्रममा पुस्तकमाथि राजकुमार बानियाँ,  महेश पौड्याल र मोमिला जाेशीले कवितासंग्रहमाथि समीक्षात्मक विचार राखेका थिए ।

सञ्चालन गरेको  दर्शकको बाक्लो उपस्थिति रहेको कार्यक्रमकाे सञ्चालन सरोज घिमिरेले गरेका थिए  ।

शिखा बुक्सले बजारमा ल्याएको उक्त सङ्ग्रहको मूल्य २५० रूपियाँ रहेको छ ।