नेपालका दुई प्रख्यात साहित्यकार राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीको नाउँमा हुलाक टिकट बनाइएको छ ।

टिकट स्वीकृतिका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल र ललितपुर उपमहानगर पालिकाका मेयर चिरिबाबु महर्जनसँगै नइ प्रकाशनले पहल गरेको थियो ।

ज्यूँदा स्रष्टाको टिकट यो नै पहिलो पटक प्रकाशन गरिएको नइ प्रकाशनको दाबी छ । दुई स्रष्टाका बीस लाख प्रति टिकट प्रकाशन गरिएको छ ।

निकट भविष्यमा नै यस टिकटलाई प्रयोगमा ल्याइने बताइएको छ ।