प्रा.डा. ध्रुव घिमिरे

 

नेपाल बालसाहित्य समाजको अध्यक्षमा प्रा.डा. ध्रुव घिमिरे विजयी भएका छन् । उनलेे प्रतिद्वन्द्वी युवा नाट्यकर्मी केदार श्रेष्ठलाई ६७ मतका विरूद्ध १०६ मतले पराजित गरेका थियो । त्यस्तै, उपाध्यक्षमा प्रमोद प्रधानले प्रतिद्वन्द्वी कृष्णदीप सिग्देलको ५५ मतको विरूद्ध ११७ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् ।

यस्तै, महासचिवमा यशु श्रेष्ठ र सचिवमा डा. यादेवी ढकाल क्रमशः ९६ र ८८ मत पाएर निर्वाचित भए । उनीहरूका प्रतिद्वन्द्वी विजयराज आचार्य र सूर्य बिसीले क्रमशः ७४ र ८४ मत पाएका थिए ।

कोषाध्यक्षमा राजेन्द्रभक्त जोशी यसअघि नै निर्विरोध निर्वाचित भैसकेका छन् ।

कार्यसमितिका सदस्यहरूमा सुशीला प्रधानाङ, मन्जु ज्ञवाली, शान्ति सापकोटा, सजनी नौबागे, उद्धव प्याकुरेल र एकाराम सिंह निर्वाचित भए । ६ सदस्य पदका लागि ९ जनाको उम्मेदवारी परेको थियो । निर्वाचनमा उम्मेदवारी दिएका सबै महिला विजयी भएका छन् ।

उपाध्यक्ष: प्रमोद प्रधान

कुल मतदाता १९३ रहेकोमा १७३ जनाले आफ्नो मताधिकारको प्रयोग गरेका थिए । देशबाहिर, काठमाडौं उपत्यकाबाहिर र काठमाडौं उपत्यकाभित्रकै ७० वर्ष नाघेका, अशक्त र बिरामी मतदाताका लागि अनलाइन भोटिङको व्यवस्था गरिएको थियो ।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।