कतारविज्ञ प्राध्यापक मोहम्मद रमजान अलि मियाँको ‘मैले देखेको कतार’ पुस्तक प्रकाशन हुने भएको छ ।
गएको सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरिएको हो । पुस्तकलाई घाेस्ट राइटिङ नेपालले प्रकाशन गर्ने भएको हो ।
कतारमा रहेका नेपालीको इतिहास, नेपाली श्रमिकको योगदान, कतारको इतिहास लगायतका विषयमा पुस्तक केन्द्रित रहने लेखक प्रा. मियाँले बताए ।
पुस्तकमा कतारमा नेपाल, नेपालमा कतार र कतार-नेपाल-कतार गरी तीन खण्ड रहने बताइएको छ । पुस्तकमा कतार र नेपालबीच रहेको मैत्री सम्बन्धलाई गहिराईमा गएर उत्खनन गरिएको लेखक प्रा. मियाले बताए ।
पुस्तकलाई माघ महिनाभित्र निकालिने गोस्ट राइटिङ नेपालले जनाएको छ ।
यो प्रा. मियाको ३६ औँ कृति हो । यसअघि सेफ्टी एन्ड सेक्युरिटी इन् स्टेट अफ कतार, कतार इमिग्रेसन एन्ड रेसिडेन्स ल २००९, वर्कर्स राइट्स (अरबीबाट नेपाली भाषामा अनूदित), लेबर ल अफ स्टेट अफ कतार (अरबीबाट नेपाली भाषामा अनूदित) जस्ता पुस्तक निकालिसकेका छन् ।
काठमाडौँको डाँछीमा जन्मिएका ललितपुरको लुभु निवासी प्रा. मियाँले यस पुस्तकको प्रकाशनपछि कतारबारे नेपालीहरू अझ प्रस्ट हुने बताए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।