दार्जिलिङका युवा लेखक लेखनाथ क्षेत्रीको उपन्यास ‘फुलाङ्गे’ बजारमा आएको छ । भारतको दार्जिलिङमा बसेर लेखन र अनुवादमा सक्रिय क्षेत्रीको यसअघि कवितासंग्रह र साङ्ग्रिला बुक्सबाट प्रकाशित रवीश कुमारको चर्चित पुस्तक ‘मुक्त आवाज’ काे नेपाली अनुवाद प्रकाशित छन् । ‘फुलाङ्गे’ उनको पहिलो आख्यान हो ।
सत्ता र शक्तिबीच दबाइएको सपनाको कथा हो- ‘फुलाङ्गे’ । यसका चरित्रहरू सत्ताले निर्माण गरेका कठपुतलीहरु हुन् । दार्जीलिङलाई कठपुतली हुन कसले अभिशप्त पार्यो ? यसको उत्तर लेखकले उपन्यासमा सरल पात्रका शक्तिशाली चरित्र वरिपरि खोज्ने प्रयास गरेका छन् । ऐतिहासिक संघर्षका भुइँप्वाल देखाउने यो आख्यान दार्जीलिङको संघर्षको दस्तावेजको साथै गोर्खाल्याण्ड आन्दोलनको समाजशास्त्रीय अध्ययन पनि हो ।
साङ्ग्रिला बुक्स नेपाल र इन्डियाले संयुक्तरुपमा प्रकाशन गरेको उपन्यास ‘फुलाङ्गे’ भारतका नेपाली पाठकका लागि अर्को सातादेखि उपलब्ध हुनेछ । यस उपन्यासको नेपाली मूल्य रू. ३३५ रहेको छ र भारतीय मूल्य रू. २५० रहनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।