ज्योति साहित्य प्रतिष्ठान काठमाडौंले गएको पुस २४ मा १७४ औँ कवितायात्रा शृङ्खला समापन गर्यो । यस कार्यक्रममा ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह सभापति थिए भने प्रमुख अतिथि वरिष्ठ कवि तीर्थ श्रेष्ठ र विशिष्ट अतिथिमा किशोर पहाडी रहेका थिए।
त्यस्तै अतिथि कविहरू जगदीश्वर पोखरेल, लक्ष्मी बडाल, महेश खरेल, बाबुराम न्यौपाने, सुधा ढकाल, गंगा लिगल, संगीता ठाकुर, निरु विन्दु (कालेबुङ), लक्ष्मीप्रसाद मिश्र (लमजुङ ), निर्मल पराजुली (काठमाडौं ), रेणु घिमिरे (सिरहा ), चन्द्रा न्यौपाने, बिमुन्स पौडेल, सीता कार्की, द्वारिका कुइँकेल, जीविका अश्रु (सिक्किम), ममता मृदुल, राजेश्वरी काफ्ले, गंगा आचार्य सापकोटा, सरिता भट्टराई नेपाल आदिले कार्यक्रममा उपस्थिति जनाएर आफ्ना उत्कृष्ट रचना वाचन गरेका थिए ।
कार्यक्रम संचालन सुशीला ढकाल अधिकारीले गरेकी थिइन् ।
प्रमुख अतिथि वरिष्ठ कवि तीर्थ श्रेष्ठले कविता लेख्न सजिलो छ, बुझ्दै जाँदा कठिन हुन्छ झन् बुझ्यो झनै कठिन हुन्छ भन्दै कविता लेख्न धेरै मिहिनेत गर्नुपर्ने जनाए । कार्यक्रममा जोडिन पाउँदा खुसी व्यक्त गर्दै उनले आफ्ना कविता पनि वाचन गरेका थिए ।
सभापति मणिराज सिंहले कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्दै यस्तो संक्रमणको बेलामा पनि समय निकालेर विभिन्न ठाउँबाट स्रष्टा जोडिएकामा धन्यवाद ज्ञापन गर्दै कवितासमेत वाचन गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।