नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि छ दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहेर आधुनिक नेपाली कविताको विकासमा विशिष्ट योगदानगरी देशदेशान्तरमा नेपाली भाषासाहित्यको गरिमा बढाएवापत कवि शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ । ताम्रपत्रसहित सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
यसैगरी पच्चीस हजार रुपियाँ राशिसहितको ‘भद्र घले पदक’ नेपाल पत्रकार महासङ्घका पूर्व सभापति तारानाथ दाहाललाई प्रदान गरिने भएको छ ।
त्रिमूर्ति निकेतनका संस्थापक या सदस्यमध्ये एक जनालाई हरेक वर्ष प्रदान गरिने सो पदक त्रिमूर्ति निकेतनको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत दाहाललाई समर्पण गरिने भएको हो ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको सभाले सो निणर्य गरेको निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।