Chovar Blues Mobile Size

मनोज बिश्वकर्मा

यस वर्षको साताको साहित्य पुरस्कार मनोज बिश्वकर्माको कविता ‘सम्झनाको जंगल’लाई प्रदान गरिने निर्णय गरिएको छ ।

साताको साहित्य डट कममा अगस्ट २०१९ देखि जुलाई २०२० सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू एक साताअघि सार्वजनिक गरिएका थिए ।
जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा शरद पोख्रेलको कविता ‘भाइरस विद्रोह’ र निरज दाहालको कविता ‘म मरे भनेँ’ छानिएका थिए ।

तत्पश्चात्, निर्णायकहरू (महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जीव पाण्डे, ऋषि आचार्य र निष्प्रभ सजी)ले बहुमतको आधारमा ‘सम्भनाको जंगल’ कवितालाई चयन गरेका हुन् ।

लेखकले एक समारोहबीच केही सातापछि पुरस्कारस्वरुप नगद रु. बीस हजार र ताम्रपत्र प्राप्त गर्ने साताको साहित्य डटकमका सम्पादक निष्प्रभ सजीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

साताको साहित्य पुरस्कारको थालनी नौ वर्ष अघिदेखि गरिएको हो । यसअघि सीता तुम्खेवा, नवीन प्यासी, प्रोल्लास सिन्धुलीय, बोनम प्रताप, नवराज पराजुली, मुकुन्द प्रयास, रमेश सायन र रवीन्द्र समीरका रचनाहरु पुरस्कृत भएका थिए ।