साहित्य पत्रकारिताका हस्ती नगेन्द्रराज शर्माको ८४ औँ जन्मोत्सवको अवसर पारी अघिल्लो वर्ष स्थगन भएको राष्ट्रिय नागरिक अभिनन्दन आयोजन गरिने भएको छ ।

२०७६ चैत ११ कोरोना संक्रमण नबढोस् भनी नेपाल सरकारले बन्दाबन्दी गरेपछि चैत २२ गतेका लागि तयारी गरिएको उनको राष्ट्रिय नागरिक अभिनन्दन स्थगन गरिएको थियो ।

यस पटक भने उनको अभिनन्दन गर्न चाहने कुनै व्यक्ति वा संस्थाले आफ्नो नाम लेखाउन अभिनन्दन समारोह समितिले आग्रह गरेको छ । समितिका अध्यक्ष पवन आलोकद्वारा आज प्रकाशित विज्ञप्तिमार्फत् जनाइएको हो ।

नेपाली साहित्यिक पत्रकारिताका लागि विगत ५० वर्षदेखि उनले ‘अभिव्यक्ति’ द्वैमासिक पत्रिका प्रकाशन गर्दै आइरहेका छन् । ‘महापुरूष’ र ‘दिवास्वप्न’ दुई उपन्यास तथा ‘एकान्तका आफन्त’ र ‘पिपलको बोटमुनि’जस्ता कथा संग्रह प्रकाशित गरेका नगेन्द्र शर्माले साहित्य पत्रकारिताका लागि आफ्नो लेखनलाई तिलाञ्जली दिएका थिए ।

को हुन्, शर्मा ? जान्नका लागि तलको सान्दर्भिक पोस्ट हेर्नुहोस्ः