Chovar Blues Mobile Size

 

महेश आचार्य

गीतकार संघ नेपालले गीतकार महेश आचार्यलाई वर्ष गीत पुरस्कार २०७६ र गीतकार प्रेम विनोद नन्दनलाई अमर भाव गीतकार राष्ट्रिय सम्मान २०७६ बाट सम्मान गरेको छ । वर्ष गीत पुरस्कारको राशि ५७ हजार रुपियाँ रहेको छ भने अमर भावना गीतकार राष्ट्रिय सम्मानको नगद राशि १ लाख ५१ हजार रहेको छ ।

त्यस्तै डायस्पोरा गीतकार सम्मान बेल्जियमलाई कर्मथलो बनाइरहेका गीतकार अर्जुनरत्न भिखारीलाई प्रदान गरिएको छ ।

छनोटमा परेका १० गीतकारमध्येबाट विशेष समितिले आचार्यको गीतलाई सर्वोत्कृष्ट ठहर गरेको हो । ‘उनको थाहा छैन जिन्दगीमा’ बोलको गीतलाई अञ्जु पन्तले स्वर दिएकी छन् भने राम सिटौलाले संगीत भरेका छन् ।

त्यस्तै, २०११ सालमा झटारो गीति संग्रह प्रकाशन गरेका ८५ वर्षीया नन्दका सातवटा गीत, गजल, कविता र लघुकथा संग्रह प्रकाशित छन् । शनिबारै उनको ‘पत्रम् पुष्पम्’ विमोचन गरिएको छ ।

संघको १० औँ वार्षिकोत्सवका अवसरमा शनिबार नारायणगढमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नगदसहित पुरस्कार तथा सम्मान प्रदान गरेको थिए ।