साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

रूखहरूको मृत्यु बजारमा

Chovar Blues Mobile Size

समाजका हरेक तप्काका मानिसहरूको संघर्ष उतारिएको उपन्यास ‘रूखहरूको मृत्यु’ बजारमा आएको छ । उपन्यास प्रशान्त शर्माले लेखेका हुन् ।

पत्रकारितामा स्नातक अध्ययनरत शर्माले मानिसलाई समय र नियतिले डोहोर्याउँदा केसम्म हुनसक्छ भन्ने पक्ष उतारिएको बताए ।

भैरहवा, रुपन्देहीका बासिन्दा शर्माको यो पहिलो कृति हो ।

कोरोना भाइरसका कारण भिडभाडमा विमोचन गर्न सकिने अवस्था नरहेकाले पुस्तकलाई औपचारिक रुपमा विमोचन गर्न नसकिएको लेखक शर्माले बताए ।

यस पुस्तकको कभर डिजाइन किशोर ज्योतिले गरेका हुन्। पुस्तकलाई एडिबी पब्लिकेसनले बजारमा ल्याएको हो । २६६ पृष्ठको यस पुस्तकको मूल्य ३५० रहेको छ।

प्रतिक्रिया
Loading...