साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नेपाली महिलाको ऐतिहासिक आन्दोलन विमोचित

Chovar Blues Mobile Size

‘नेपाली महिलाको ऐतिहासिक आन्दोलनः एक शताब्दी’ नामक पुस्तक एक समारोहका बीच लोकार्पण भएको छ ।

लेखन कुञ्ज नयाँ बानेश्वरमा भएको कार्यक्रममा राज्यव्यवस्था तथा सुसाशासन समितिका सभापति शशी श्रेष्ठ, नेपाली काग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल, पूर्वमन्त्री एवं जनता समाजवादीकी नेतृ हिसिला यमि, महिला सुरक्षा दबाब समूहकी अध्यक्ष सावित्री जंगम थापा, उपाध्यक्ष कल्याणी शाह, घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल, वरिष्ठ पत्रकार एवं पुस्तकका सम्पादक टंक पन्तद्वारा सामूहिक रुपमा लोकार्पण गरिएको यस पुस्तकमा नेपाली महिलाको सिंगो इतिहास समेटिएको छ ।

लोकार्पण समारोहमा उपस्थित हुन नसक्नुभएका बिभिन्न राजनीतिकदलका नेतृहरु , नागरिक संगठनका अगुवाहरु, महिला आन्दोलनका अभियन्तालगायत अन्यले भर्चुअल भेट जुममार्फत सहभागी भएर शुभकामना व्यक्त गरेका थिए ।

घोष्टराइटिङ नेपालको प्रकाशन व्यवस्थापनमा प्रकाशित पुस्तक ६ सय ५२ पृष्ठको रहेको छ । राजनीति, सामाजिक, महिला अधिकार तथा विकास, प्रशासन र कानुन, शान्ति र सुरक्षा, आर्थिक विकास, स्वास्थ्य र शिक्षा, धर्म संस्कृति र साहित्य, सञ्चार, ट्रेड युनियन, संगीत र कला, खेलकुद र इतिहासका विषयमा थुप्रै विद्वानहरुले रचना लेखेका छन् ।

sagarmani mobile size
प्रतिक्रिया
Loading...