पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ पुस्तक ‘अर्थ-राजनीतिक विमर्श’ प्रकाशित भएको छ । पुस्तकमा डा. भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएको छ । राजनीतिक वाददेखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरु समेटिएको यस पुस्तकका सन्दर्भमा डा. भट्टराई भन्छन्, ‘पुराना पार्टीहरु र वैकल्पिक नयाँ शक्तिको खोजीमा लागिरहेकाहरु पनि मौजुदा गतिरोध र असामान्जस्यमा फसिरहेको सन्दर्भमा यो पुस्ताकलाई वैचारिक बहसको थालनीको रुपमा लिएको छु ।’
समालोचक डम्बर खतिवडाले यस पुस्तकको भूमिकामा लेखेका छन्, ‘…यो पुस्तकले एक्काइसौं शताब्दीको वैश्विक-वैचारिक परिवेशलाई बुझ्न र विशेषत: उतर-गणतान्त्रिक युगको नेपाली राजनीतिको भावि कार्यदिशा निर्धारण गर्न गहिरो अभिप्रेरणा दिनेछ ।’
‘अर्थ-राजनीतिक विमर्ष’ पुस्तकले सबै खेमाका राजनीतिक अभियन्ता, विकास समृद्धिका आकांक्षी, नीति-निर्माता र विषेशत: जिज्ञासु युवालाई आवश्यक सन्दर्भ सामग्री र बौद्धिक खुराक मिल्ने छ भन्ने सांग्रिला बुक्सले विश्वास राखेको छ । २७४ पृष्ठको यस पुस्तकको मूल्य ४६४ रूपैयाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।