सुरभि साहित्य प्रतिष्ठानको बुधबार बसेको बैठकले विभिन्न स्रष्टाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको स्थापना दिवसको सन्दर्भमा प्रदान गरिने पुरस्कारहरुका लागि स्रष्टाहरु छनोट गरिएको हो । जसअनुसार सुरभि–बाजुराम आख्यान साधना पुरस्कार माधव भण्डारीलाई प्रदान गरिने भएको छ ।
यस्तै सुरभि आख्यान पुरस्कार तेजप्रकाश श्रेष्ठलाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । यी दुवै पुरस्कारको राशि २०–२० हजार रुपैयाँ रहेको छ ।
त्यस्तै १० हजार रुपैयाँ राशिको सुलेख आख्यान प्रतिभा पुरस्कार गोपाल अश्क र ७ हजार रुपैयाँ राशिको सुरभि–प्रह्लाद नारीस्रष्टा आख्यान पुरस्कार समिना खनाल ‘पृथा’लाई प्रदान गरिने प्रतिष्ठानको विज्ञप्तिमा जनाइएको छ ।
५ हजार रुपैया राशिको सुरभि–वेदमणि आख्यान वाचन पुरस्कार वर्षा खड्कालाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले जानकारी दिए ।
२०७६ का लागि घोषित यी पुरस्कारहरु २०७७ माघको तेस्रो शनिबार प्रदान गरिने पौडेलले बताए । प्रतिष्ठानले प्रत्येक महिनाको तेस्रो शनिबार विविध साहित्यिक कार्यक्रम संचालन गर्दै आएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।