नेपाल प्रज्ञा–प्रतिष्ठानले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) का कारण निर्धारित मिति असार ९ गते आयोजना गर्न संभव नभएपछि सूचना प्रकाशित गरेर स्थगित गरेको राष्ट्रिय कविता महोत्सव मङ्सिर २९ गते भौतिक दूरी कायम गरी आयोजना गरिने काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले जनाएका छन् ।
प्रज्ञा–प्रतिष्ठानले २०२२ सालदेखि हरेक वर्षको असार ९ गते प्रतियोगितात्मक राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको छ । यसअगि २०७२ सालमा महाभूकम्प जाँदा पनि कविता महोत्सव स्थगित भएको थियो ।
प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ । सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायका अनुसार अब कविता महोत्सवमा प्रथमलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीय तीन जनालाई जनही ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यसअगि नगद पुरस्कारको राशि ३०, २५ र २० हजार रहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।