हास्यव्यंग्यमार्फत् देशको विकृतिमाथि प्रहार गरिरहेको संस्था सिस्नुपानीले २३ वर्षदेखि आयोजना गरिरहेको सिस्नुपानी देउसी कार्यक्रम यस वर्षलाई स्थगन गरेको बताएको छ ।
विहीबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना-कहरका कारण कार्यक्रम स्थगन गर्नुपरेको संस्थाले जनाएको हो ।
संस्थाका अध्यक्ष लक्ष्मण गाम्नागे र उपाध्यक्ष मनोज गजुरेलका परिवारका सदस्यसमेत कोरोनाभाइरसको संक्रमणका कारण घरेलु उपचारमा रहेका कारण पनि यस वर्षको देउसी कार्यक्रम रद्द गर्नुपरेको संस्थाका महासचिव टंकराज आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको हो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला