बडादशैँको छेको पारेर पुराना पत्रकार तथा लेखक पुरुषोत्तम ढकालको कवितासंग्रह ‘भगवानलाई प्रश्न’ र ‘बोर्डरलेस ड्रिम’ विमोचन गरियो ।
नयाँ बानेश्वर थापागाउँस्थित कुन्ज थियटरमा भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा नेता माधव कुमार नेपाल तथा पूर्व अर्थमन्त्री रामशरण महतले लोकापर्ण गरेका थिए ।
नुवाकोटको ढिकुरेमा जन्मेर नेपालका विभिन्न पत्रपत्रिका र टेलिभिजनमा काम गर्दै हाल अमेरिकाको लस एन्जलसमा बस्दै आएका ढकालले नेपाल ट्वान्टी फोर आवर डटकम वेबसाइट सञ्चालन गर्दै आइरहेका छन् ।
कार्यक्रममा लेखक पुरुषोत्तम ढकालले आफूले पत्रकारिता गर्दा जीवनका धेरै तल्लादेखि माथिल्लो तह र तप्काको ज्ञान भएको र संप्तरङ्गी जीवनमा कविता र गीतले पछ्याएकोले पत्रकारिता र साहित्य प्रवासमा बसेर पनि लेख्न नछाडेको बताएका थिए । कार्यक्रममा प्राडा खगेन्द्र लुइटेलले प्रशस्त चेतना बोकेको गीत र कविताले पुरुषोत्तम ढकालको लेखनको भविष्य उज्यालो रहेको बताए ।
कार्यक्रममा दुई गीतिभिडियो समेत सार्वजनिक गरिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ कार्तिक २०८२, शुक्रबार 




