जापानिज भाषा अध्ययन सहजताका लागि ‘वाकारि यासुइ निहोनगो’ सार्वजनिक भएको छ । चितवनस्थित निप्पोन एजुकेशनल सेन्टरका प्रबन्ध निर्देशक दीपकचन्द्र भट्टराईद्वारा लिखित उक्त पुस्तक सार्वजनिक भएको हो ।
अध्ययन तथा रोजगारका लागि जापान जान चाहनेहरुलाई मध्यनजर गर्दै उक्त पुस्तक प्रकाशन गरिएको भट्टराईले बताए । उनले विद्यार्थी तथा रोजगारका लागि जाने जो कोहीलाई पनि उक्त पुस्तक अत्यन्तै उपयोगी हुने बताए ।
उक्त पुस्तकले जापानिज भाषा अध्ययन गर्न थप सहज हुने उनको भनाई छ । बजारमा उपलब्ध भाषा सम्बन्धी पुस्तककमा देखिएको अभावलाई ‘वाकारि यासुइ निहोनगो’ ले परिपुर्ती गर्ने उनको विश्वास छ । ‘बजारमा जापानिज अध्ययनका लागि केही पुस्तकहरु छन् तर ति पुस्तकमा सबै बिषय समेटिएको छैन उनले भने, त्यस्ता बिषयहरुलाई मैले समेट्ने प्रयास गरेको छु । यसले ति पुस्तकमा देखिएको अभाव पुर्ती गर्ने विश्वास लिएको छु ।’
उक्त पुस्तकको माध्यमबाट घरमै बसेर पनि सजिलै जापानिज भाषा सिक्न सकिने उनले बताए । यस्तै जापानिज भाषाको परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरु उक्त पुस्तकबाट लाभान्वित हुने उनको विश्वास छ । १५ बर्ष जापानिज भाषा अध्ययन तथा अध्यापनको अनुभवलाई पुस्तकमा उतारिएको उनले बताए ।
उक्त पुस्तक चितवनसँगै नवलपुर र आसपासमा जिल्लाहरुमा उपलब्ध हुनेछन् । भट्टराईको यो पहिलो पुस्तक हो । उनलेकोरोना भाइरसको कारण प्रकाशनमा केही ढिलाई भएको उनले बताए । जापानिज भाषामा डिप्लोमा गरेका उनले झण्डै ६ वर्ष जापानमा अध्ययन गरेका थिए । उनले जापानमै २ वर्ष अँग्रेजी विषयमा विशेषज्ञाता हासिल गर्नुका साथै नेपालमा त्रिभुवन विश्वविद्यालयबाट व्याचलर डिग्री समेत गरेका छन् । उनले २०१० मा निप्पोन एजुकेशन सेन्टर स्थापना गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।