प्रकाश खड्का “अभियान”
संयुक्त राज्य अमेरिका । अमेरिकास्थित नेपाली समुदायका बालबालिकाको प्रतिभा उजागर गर्दै उनीहरूको सिर्जनात्मक आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको “सरस्वती पूजा तथा बाल प्रतिभा प्रदर्शनी–२०२६” फेब्रुअरी ८ मा बोस्टनस्थित प्याबफोन सभाहलमा सम्पन्न भएको छ। कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोस्टन च्याप्टरको आयोजनामा सम्पन्न भएको हो भने जीबीएनसी, प्याबफोन र मेट्रोवेस्ट कम्युनिटी सह–आयोजक रहेकाे थियाे ।
पशुपतिनाथ तथा बुद्ध मन्दिरका गुरु गोकुल कँडेलको स्वस्तिवाचन र सरस्वती पूजाबाट कार्यक्रमको औपचारिक सुरुआत गरिएको थियो। सरस्वती वन्दना सोनाली राजभण्डारीले प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा बालप्रतिभाहरूले वाद्यवादन, गायन, नृत्य, मार्सल आर्ट तथा चित्रकलामार्फत आफ्नो कला प्रस्तुत गरेकाे थियाे। अबीरल उप्रेती र रिहाना उप्रेतीले वाद्यवादनसहित नेपाली राष्ट्रिय गान प्रस्तुत गरेकाे थियाे भने साहसी सारथी तिवारी खनालले पियानोमा “रेशम फिरिरी” प्रस्तुत गरी दर्शकको प्रशंसा बटुलेकी थिइन्। गायनतर्फ सोनाली राजभण्डारी, अल्बर्ट बीसी (अल्फा), अथेना पोखरेल, सरिशा तिमिल्सिना, ओम गजुरेल, प्राप्ति आचार्य, पनव आचार्य, एरिका श्रेष्ठ र सरिका श्रेष्ठका प्रस्तुति उल्लेखनीय रहे।
सरिशा तिमिल्सिना, प्राप्ति आचार्य, पनव आचार्य, सोनाली राजभण्डारी र ओम गजुरेलले समूहमा प्रस्तुत गरेको “ऋतुहरूका राजा वसन्त आयो” गीतले सभाहललाई उल्लासमय बनाएको थियो। नृत्यतर्फ रिहाना उप्रेती, भानी शर्मा, प्रियास्मा खरेल र अव्नी आचार्यका प्रस्तुति आकर्षक देखिएका थिए भने आवाश आचार्य र तनुष गिरीको कराते प्रदर्शन कार्यक्रमको विशेष आकर्षण बनेको थियो। चित्रकला प्रदर्शनीमा तानिया गिरी, तनुष गिरी, इशान खरेल, शार्वाणी पराजुली र क्रिस्टिना दवाडीका सिर्जनाहरू प्रदर्शित गरिएका थिए।
अनेसास बोस्टन च्याप्टरका अध्यक्ष अबी गजुरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रकाश खड्का “अभियान” ले संयोजन तथा सञ्चालन गर्नुभएकाे थियाे भने महासचिव प्रतीक रावलले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । प्याबफोनका अध्यक्ष ध्रुव घिमिरे, अनेसास केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी, पूर्व अध्यक्ष तथा सल्लाहकार गोवर्द्धन पूजा तथा अनेसास ट्रस्टी एवं ब्लड डोनर्स एसोसिएसन अमेरिकाका वरिष्ठ उपाध्यक्ष बीरोचन नेपाललगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।
साहित्यिक सत्रमा अनेसासका पूर्व अध्यक्ष दीपा राई पुन तथा आजीवन सदस्यहरू अनु शाह, ममता कर्माचार्य र दिपेन्द्र पोखरेलले कविता वाचन गर्नुभएकाे थियाे । समुदायका अग्रज व्यक्तित्व तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रम व्यवस्थापनमा विभिन्न स्वयंसेवक सक्रिय रहेकाे थियाे।
कार्यक्रममा सुसिला बस्नेत तिमिल्सिना र सर्जन बीसीलाई अनेसासको आजीवन सदस्यता प्रदान गरिएको थियो भने सहभागी बालबालिकालाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ चैत्र २०८२, मंगलवार 




