अस्ट्रेलिया । ड्नी निवासी साहित्यकार कुमार शर्माको पहिलो उपन्यास ‘कम्पनी’ सिड्नीमा लोकार्पित भएको छ। सिड्नीस्थित ब्ल्याकटाउन सिटी काउन्सिलको आयोजनामा भएको कार्यक्रममा लेखक, अग्रज साहित्यकार र नेपाली डायस्पोरिक समुदायको उल्लेख्य सहभागिता रह्यो।
करिब दुई घण्टासम्म चलेको कार्यक्रममा उपन्यास लोकार्पण गार्गी शर्मा, ज्ञानु वाकर पौडेल, कुमार शर्मा, सानु घिमिरे र शौरभ श्रेष्ठले संयुक्त रूपमा गर्नु भएको थियो। कार्यक्रममा सानु घिमिरेले पुस्तक संवादको संयोजन गर्दै उपन्यासका विविध आयामबारे छलफल गराउनुभयो।
करिब एक दशकदेखि सिड्नीमा बसोबास गर्दै आउनुभएकाे शर्मा अस्ट्रेलियाको पोस्टल सर्भिसेजमा कार्यरत हुनुहुन्छ। लामो समय अखबारी लेखनमा संलग्न रहेपछि उहाँ आख्यान लेखनतर्फ उत्रिनु भएको हो।
‘कम्पनी’ उपन्यास दक्षिण कोरियाको सोल सहरमा एक विद्यार्थी र मजदुर जीवनको दोसाँध वरिपरि केन्द्रित छ। परम्परागत बाटो नहिँडेर आफ्नो मनको आवाज सुन्ने एक वयस्क युवकको ‘कमिङ अफ द एज’ कथा यस उपन्यासमा प्रस्तुत गरिएको छ।
उपन्यास बुक हिल पब्लिकेशनले प्रकाशित गरेको हो। Thuprai.com र Kitabyatra.com मार्फत देश–विदेशबाट, साथै Kitabadda.com.au र saramsha.com.au मार्फत अस्ट्रेलियाभरि सजिलै अर्डर गर्न सकिने व्यवस्था गरिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ चैत्र २०८२, सोमबार 







