दाङ । कौशिक गोत्रीय पर्वते रेग्मीहरूको वंशावली घोराहीस्थित सर्वोदय पुस्तकालय तथा वाचनालयको सभाहलमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ।
वंशावलीका लेखक तथा सङ्कलक भोजराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेग्मी वंशावलीका ज्येष्ठ सदस्य थानेश्वर रेग्मी प्रमुख अतिथि तथा अधिकारी समाजका केन्द्रीय पूर्व उपाध्यक्ष पद्मप्रसाद शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा भुसाल युवा समाज दाङका अध्यक्ष दुर्गा भुसाल, रेग्मी समाजका सदस्य नमराज रेग्मी, कुलका पूजारी बालाराम रेग्मी, बुद्धि लिछराम रेग्मी लगायतले वंशावली प्रकाशनले वंश, इतिहास र पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै शुभकामना मन्तव्य राख्नुभयो।
रेग्मी वंशावलीका सम्पादक तथा प्रकाशक यम रेग्मीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा विशिष्ट अतिथि पद्मप्रसाद शर्माले वंशावलीको ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वबारे चर्चा गर्दै कृतिमाथि समीक्षा प्रस्तुत गर्नुभयो। कार्यक्रमको सहजीकरण रेग्मी समाजका सदस्य पद्मप्रसाद रेग्मीले गर्नुभएको थियो।
कार्यक्रमले रेग्मी वंशको इतिहास अभिलेखीकरण र भावी पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूको धारणा रहेको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ पुष २०८२, मंगलवार 










