तिलोत्तमा । तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा तिलोत्तमा साहित्य सङ्गमको १५औँ शृङ्खला तिलोत्तमा नगरपालिका–ड्राइभरटोलस्थित होराइजन गौतम बुद्ध माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा. मुरारि पराजुलीको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका वडा नं. १ की वडा सदस्य गीतादेवी न्यौपानेको विशेष आतिथ्य रहेको थियो। उद्धव देवकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा मुरारि पराजुली, रमेश समर्थन, खगेन्द्र बस्याल, उद्धव देवकोटा, सङ्गम अनुरागी, डी.आर. न्यौपाने, सीता पन्थलगायत करिब एक दर्जन स्रष्टाले आफ्ना मौलिक रचना वाचन गर्नुभएकाे थियाे ।
रचनामाथि समिक्षा गर्दै साहित्यकार रमेश समर्थनले यस्ता नियमित साहित्यिक शृङ्खलाले सर्जकलाई आफ्ना कृति परिष्कार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे । विशेष अतिथि गीतादेवी न्यौपानेले तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानलाई याे क्षेत्रकै प्रतिनिधि साहित्यिक संस्थाका रूपमा उल्लेख गर्दै संस्थाका गतिविधिमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयाे ।
अध्यक्ष डा. पराजुलीले उत्कृष्ट सिर्जनाका लागि अध्ययनशीलता र साधनाको आवश्यकता औँल्याउँदै साहित्यलाई डिजिटल प्लेटफर्ममार्फत पनि विस्तार गर्नुपर्ने धारणा राख्नुभयाे । उहाँले तिलोत्तमा साहित्य सङ्गम हरेक महिनाको अन्तिम शनिबार नियमित रूपमा सञ्चालन हुने जानकारी दिँदै यसले स्थानीय साहित्यिक उत्थानमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ पुष २०८२, मंगलवार 




