काठमाडौं। डा. गोपाल पौड्याल ‘मण्डने’द्वारा लिखित कृति How to Become the Best Ambassador ? एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा साहित्यकार प्रा. तुलसीप्रसाद भट्टराई सहित अन्य विशिष्ट अतिथिहरूले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएकाे हाे ।
प्रमुख अतिथि प्रा. भट्टराईले कृतिलाई “नयाँ धारको, समसामयिक र पठनीय” भन्दै लेखक डा. पौड्यालको अध्ययन–अनुसन्धान तथा दृष्टिकोणको प्रशंसा गर्नुभयाे । नेपाली सेनाका पूर्व जर्नेल तथा अनुसन्धानकर्ता डा. प्रेमसिंह बस्न्यातले लेखकको व्यक्तित्व, लेखकीय क्षमता र विषयमा देखिएको परिपक्वता उल्लेख गर्दै पुस्तकको महत्व स्पष्ट पार्नुभयाे ।
साहित्यकार सूर्यप्रसाद लाकोजूले सिर्जनाकर्म पवित्र कर्तव्य भएको टिप्पणी गर्नुभयाे । बेलायतस्थित नेपाली साहित्य विकास परिषद् यूकेको संस्थापक तथा साहित्यकार सुरेशजङ शाहले पौड्यालको साहित्य तथा समाजसेवा प्रतिको निरन्तर लगावको प्रशंसा गर्दै पुस्तकले राजदुतहरूलाई परिष्कृत तथा दक्ष बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रमका प्रमुख वक्ता काठमाडौँ विश्वविद्यालयका डिन प्रा. डा. उद्धव प्याकुरेलले पुस्तकको संक्षिप्त विश्लेषण प्रस्तुत गर्दै How to Become the Best Ambassador ? ले नेपाली कूटनीतिमा थप योगदान गर्ने अपेक्षा व्यक्त गर्नुभयाे ।
लेखक डा. गोपाल पौड्याल ‘मण्डने’ले आफू कवि भएर पनि यस्तो विषय उठान गर्नुको कारण स्पष्ट पार्दै पुस्तकका अध्यायहरूबारे संक्षिप्त व्याख्या प्रस्तुत गर्नुभयाे । कार्यक्रममा साहित्यकार नरनाथ लुइँटेल, भीमप्रसाद काफ्ले, कलानिधि दाहाललगायतका अतिथिहरूले कृतिका लागि शुभकामना व्यक्त गर्नुभयाे ।
उमाकान्त पौडेल स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव रामप्रसाद पौड्यालले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कश्यप पौड्यालको सभापतित्वमा सम्पन्न भएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ पुष २०८२, मंगलवार 




