काठमाडौं। गजलकार बसन्त वली ‘बसन्ती’को गजल “बानी परेछ तिम्रो” गीत–गजलका रूपमा सार्वजनिक भएको छ।
हालका वर्षहरूमा गजललाई संगीतसहित प्रस्तुत गर्ने प्रवृत्ति बढिरहेको बेला बसन्तीको यो सिर्जना रिल तथा टिकटकमा समेत भाइरल बनेको छ। उक्त गीत बसन्त वली बसन्तीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा एक समय चर्चामा आउनुभएकाे गायिका बिशाखा शाही ठकुरी, लोकप्रिय गायक सुभाष तिमसिना तथा गजलकार बसन्ती स्वयंको स्वर रहेको छ। संगीत लेखराज गिरी र बसन्त वली बसन्तीले दिनुभएकाे छ ।
झग्गु भण्डारीको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा गजलकार बसन्ती स्वयंले अभिनय गर्नुभएकाे छ । भिडियोको कथा तथा परिकल्पना पनि उहाँकै रहेको छ।
दाङका वली हाल नेपाली सेनामा कार्यरत हुनुहुन्छ । फुटबलमा देश पहिचान बनाउने सपना बोकेर अघि बढनुभएकाे उहाँ खेलकुद र साहित्य दुवै क्षेत्रमा सक्रिय मानिनुहुन्छ । ‘बानी परेछ तिम्रो’ भने वलीको ‘बोई गजलसङ्ग्रह’ मा संग्रहित गजल हो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ पुष २०८२, सोमबार 




