काठमाडौँ । इलामका कवि ऋजन मायालु लिखित कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ को लोकार्पण समारोह आज राजधानीस्थित कुञ्ज थिएटरमा सम्पन्न भएकाे छ । साहित्यकार भुवहरी सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमका मुख्य अतिथिहरू साहित्यकार अशोक थापा र कवि प्रेमिला राईले कृतिमाथि आफ्ना गहन पाठकीय दृष्टिकोण प्रस्तुत गर्नुभएकाे थियाे । थापाका अनुसार संग्रहका कविताहरू “धरातलमा टेकेर अर्गानिक बिम्बमा उभिएका” छन् भने कवि प्रेमिला राईले “महिला तथा उत्पीडित समुदायका आवाजहरू सशक्त रूपमा अभिव्यक्त भएकाे” भन्दै कृतिको प्रशंसा गर्नुभयाे ।
कविता वाचनका क्रममा कवि स्वप्निल स्मृति, सञ्जय सुमन र महेश कार्की क्षितिजले कृतिमा समावेश केही कविता प्रस्तुत गर्दै वातावरणलाई साहित्यिक उर्जाले भरिपूर्ण बनाउनुभएकाे थियाे ।
कृतिलाई पेज टर्नरले बजारमा ल्याएको हो । यसअघि मायालुको एकल कविता–सङ्ग्रह ‘चुचुरो र स्वास्नी मान्छे’ र संयुक्त कविता–सङ्ग्रह ‘उज्यालोका मालीहरू’ प्रकाशित छन् ।
कार्यक्रममा उपस्थिति स्रष्टा तथा साहित्यप्रेमीहरूले ‘घुम्ती बिक्रिमा छ’ ले ग्रामीण जीवन, सांस्कृतिक सौन्दर्य र सामाजिक यथार्थलाई कलात्मक गहिराइमा उठान गरेको मूल्याङ्कन गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










