गायक तथा संगीतकर्मी एनिस एन्जल राईको नयाँ गीत ‘देखेर तिम्रो रूप’ सार्वजनिक गरिएको छ । आधुनिक शैलीमा तयार गरिएको गीतमा ममता राई र एनिस एन्जल राईकै स्वर समावेश गरिएको छ।
गीतको शब्द तथा संगीत एनिस एन्जल राईकै रहेको छ भने संगीत संयोजन बुद्व स्याङ्बाले गर्नुभएकाे हाे । भिडियो छायांकन तथा सम्पादन अङ्कुर राज भट्टले गर्नुभएकाे छ । गीतको रेकर्ड ड्रिम्स रेकर्डिङ स्टुडियोमा सम्पन्न गरिएको हो, जहाँ रेकर्डिस्ट मिलन थामी र मिक्स–मास्टरिङ प्रकाश केसीले गर्नुभएकाे छ । भिडियोमा मेकअप साेनी राईले सम्हाल्नुभएकाे छ ।
यसअघि पनि एनिस एन्जल राईकाे गीतहरूले राम्रो दर्शक–श्रोता प्रतिक्रिया पाइरहेको समयमा आएको नयाँ गीतले फेरि उहाँको सिर्जनामा चर्चा थप्ने विश्वास लिइएको छ।
राईकाे लोकप्रिय पुराना गीतहरूमा
‘तिम्रै याद’ — शब्द तथा स्वर : एनिस एन्जल राई
उकाली ज्यानको — शब्द तथा स्वर : एनिस एन्जल राई
कहाँ छौं कहाँ — शब्द तथा स्वर : एनिस एन्जल राई
शिर फुल — शब्द तथा स्वर : एनिस एन्जल राई
कस्ले सक्छ र — शब्द तथा स्वर : एनिस एन्जल राई
दिलकाे संघार — शब्द : विजय राई, संगीत : कन्काइष्ट राई, स्वर : एनिस एन्जल राई
उक्त सबै गीतले युट्युब तथा सामाजिक सञ्जालमा राम्रो चर्चा बटुलेका छन्। नयाँ गीत ‘देखेर तिम्रो रूप’ सार्वजनिक भएपछि दर्शक–श्रोताले समेत सकारात्मक प्रतिक्रिया दिने अपेक्षा गरिएकाे छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




