काठमाडौँ । महानन्द साहित्य सम्मान–२०२५ साहित्यकार कुमार नगरकोटीलाई प्रदान गरिएको छ। नेपाली भाषाको श्रीवृद्धिमा सक्रिय साहित्यिक व्यक्तित्वको कदर गर्न महानन्द सापकोटा साहित्य पुरस्कार गुठीद्वारा स्थापना गरिएको यो सम्मान बर्सेनि काठमाडौंमा वितरण हुँदै आएको छ।
टेक्सस–ड्यालसमा स्थापना भएको गुठीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ड्यालसमार्फत सम्मान प्रदान गरिंदै आएको छ। गुठीका अध्यक्ष सीता सापकोटाका अनुसार नगरकोटीलाई सम्मान प्रदान गर्ने निर्णय सन् २०१३ मै गरिएको थियो।
भाषासेवी महानन्द सापकोटाको १२औं जन्मजयन्तीका अवसरमा स्टुडियो थिएटरमा आयोजित विशेष कार्यक्रममा गुठीको परिचय, उद्देश्य र गतिविधिबारे जानकारी गराइएको थियो। सो अवसरमा कार्यक्रम सञ्चालक विप्लव प्रतीकले सम्मान यसअघि वसन्त थापा, गोविन्द वर्तमान, दुर्गालाल श्रेष्ठ, किशोर नेपाल, किरण खरेल, नेपाल शिक्षा परिषद्, शङ्कर फागो, माया ठकुरी र राजेन्द्र विमललाई प्रदान भइसकेको जानकारी दिनुभयाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




