काठमाडौं । नइ एकेडेमी अस्ट्रेलियाकी संस्थापक तथा अध्यक्ष सीमा रोशीको सम्मानमा वानीरा फाउन्डेसनले स्वागत समारोह आयोजना गरेको छ। कार्यक्रममा साहित्य, शिक्षा र संस्कृतिको प्रवर्धनमा रोशीले पुर्याउँदै आउनुभएकाे योगदानप्रति कृतज्ञता प्रकट गरिएको थियो।
कार्यक्रममा वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई. शंकर गिरी, अध्यक्ष इन्दिरा प्रसाई, डा. मानसाग्नि, डा. रामदयाल राकेश, उषा शेरचन, प्रा. डा. ऋषिराम शर्मा, सुरबहादुर श्रेष्ठ र नरेन्द्रराज प्रसाईले रोशीलाई मायाको चिनो तथा उपहार प्रदान गर्दै स्वागत गर्नुभएकाे थियाे ।
सीमा रोशीले अस्ट्रेलियामा नेपाली भाषासाहित्यको पहिचान विस्तारका लागि नइ एकेडेमीले निरन्तर पहल गर्दै आएको बताउनुभयाे । उहाँले अस्ट्रेलियामा एकेडेमी स्थापना भएपछि नेपाली संस्कृति, भाषा र साहित्यप्रति प्रवासी नेपाली समुदायमा उत्साह बढेको उल्लेख गर्नुभयाे ।
“नेपाली संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि अस्ट्रेलियाको सरकारले समेत सहयोग गरिरहेको छ,” रोशीले भन्नुभयाे। उहाँले प्रवासी भूमिमा नेपाली साहित्यिक तथा सांस्कृतिक गतिविधि बढाउन अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




