मोरङ । सुन्दरहरैँचाको विराटचोकमा ‘बृहत् गजल महफिल–२०८२’ आयोजना हुने भएको छ।
राइडर्स महफिलको आयोजना तथा बालबगैँचा मन्टेश्वरी स्कुलको सहआयोजनामा आगामी मङ्सिर ६ गते शनिबार आठौँ शृङ्खलाको रूपमा महफिल सञ्चालन गर्न लागिएको हो।
सुन्दरहरैँचा–९ स्थित बालबगैँचा मन्टेश्वरी स्कुलमा हुने कार्यक्रममा सुनसरीका रोमु अधिकारी, झापाका कृष्ण काश्यप र मोरङकी सृष्टि खतिवडा गजल वाचन गर्नेछन्। साथै झापाका स्रष्टा अभागी थेगुवालाई सम्मान पनि गरिने कार्यक्रम संयोजक यादव भट्टराईले जानकारी दिनुभयाे ।
महफिलमा प्रा.डा. देवी नेपाल प्रमुख अतिथि रहनुहुनेछ। भाषा–साहित्यसँगै विविध क्षेत्रका विशिष्ट विधाविशेष व्यक्तित्वहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ मंसिर २०८२, सोमबार 




