काठमाडौं । शंकर लामिछाने प्रतिष्ठानले निबन्धकार बोधराज पौडेलको निबन्धकृति ‘धमिराको देवल’ को लोकार्पण तथा परिचर्चा कार्यक्रम शनिबार काठमाडौंको अनामनगरस्थित डालो रेस्टुरेन्टमा सम्पन्न गरेको छ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार तथा समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतम प्रमुख अतिथि रहनुभएकाे थियाे । प्रतिष्ठानका अध्यक्ष तथा सभापति राधेश्याम लेकाली, संरक्षक सविता ढुंगाना र संगिता शर्मा, गुन्जनकी निवर्तमान अध्यक्ष  साहित्यकार हिरण्यकुमारी पाठक, समालोचक प्रमोद प्रधान र प्रा. डा. गोविन्दमानसिंह कार्कीलगायतले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएकाे थियाे ।

लोकार्पित कृतिबारे समालोचकद्वय प्रमोद प्रधान र प्रा. डा. कार्कीले समीक्षात्मक विचार व्यक्त गर्दै कृतिको विषयवस्तु, शैली र साहित्यिक आयामबारे प्रकाश पार्नुभएकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि गौतम, अध्यक्ष लेकाली, विशेष अतिथि पाठक तथा कृतिकार बोधराज पौडेलले पनि आ–आफ्ना मन्तव्य राख्दै कृतिको प्रकाशन नेपाली निबन्ध–साहित्यका लागि थप उत्साहप्रद प्रसङ्ग भएको बताउनुभएकाे थियाे ।
कवि कल्पना काफ्लेको सहजीकरणमा आयोजित कार्यक्रममा किशोर पहाडी, राजेश खनाल, श्रीबाबु कार्की, प्रेम राई परीक्षित, श्रीराम राई, राजन न्यौपाने, नवराज रिजाल, डी. आर. राई, पारशप्रकाश नेपाल, उमेश पाण्डे, रितु कँडेल, विष्णु आभूषण, यशोदा अधिकारी, होमशंकर बास्तोला, सन्तोशकुमार दाहाललगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो।