भक्तपुर । चाँगुनारायण साहित्यिक समाज भक्तपुरले आयोजना गर्दै आएको नियमित रचना वाचन कार्यक्रमको ४१औँ श्रृङ्खला शुक्रबार भक्तपुरको नयाँठिमीस्थित चाणक्य कलेजमा सम्पन्न भएको छ। साहित्यकारहरूको सक्रिय र भव्य उपस्थितिमा सम्पन्न कार्यक्रम यसपटक नयाँ ढङ्ग र शैलीमा सञ्चालन गरिएको समाजले जनाएको छ।
यसपटकको रचना वाचन सत्रमा सभापति तथा अतिथिको छुटै आसन तोकिएको थिएन भने कार्यक्रम सञ्चालनका लागि छुट्टै संयोजक पनि निर्धारित गरिएको थिएन। सहभागी साहित्यकारहरू उपस्थित पुस्तिकामा दरिएको नामक्रमअनुसार रचना वाचनमा उत्रिनुका साथै वाचनअघि आ–आफ्नो परिचय प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा विश्वनाथ ढुंगेल, च्यवन वस्नेत ‘ठूलाघरे’, ढुण्डिराज पोखरेल, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, सरला पोखरेल ‘सरू’, विद्याअनामिका तिवारी, जीवनाथ अधिकारी, डम्बर घिमिरे, मोहन के. बासु, पदम दाहाल, छन्दविज्ञान निरौला, शालिकराम दाहाल, सुशील रिजाल, ओम नरहरि श्रेष्ठ, विनोद खड्का, वसन्त नकर्मी, रामहरि आचार्य, श्याम माकजु, कृष्ण प्रजापति, तेजकृष्ण श्रेष्ठ, वसन्ती भूजेल, उत्तमकुमार पोखरेल, धरणीधर गुरागाईं, श्रीबहादुर केसी ‘शैलुङ’, दीनानाथ पोख्रेल, कविराज घिमिरे, लता पराजुली, सुवासचन्द्र ढुंगेल, एकराज हमाल, कविता भूजेल, निशा न्यौपाने, प्रमुना पौडेल, कुमार लघु र लालबहादुर भुजेललगायतका स्रष्टाहरूले आ–आफ्ना रचना प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा चाणक्य कलेजका अध्यक्ष चन्दन कृष्ण श्रेष्ठ, प्रिन्सिपल वासुकि राज रेग्मी, केशवप्रसाद रूपाखेती र कृष्णकुमार श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्याे । कलेजले हल तथा अन्य उपकरण उपलब्ध गराएर दिएको सहयोगप्रति कृतज्ञता स्वरूप समाजका अध्यक्ष लालबहादुर भुजेलले प्रिन्सिपल रेग्मीलाई प्रशंसा–पत्र हस्तान्तरण गर्नुभएकाे थियाे । समाजका अध्यक्ष भुजेलले कार्यक्रममा सहभागिता जनाउने सबै साहित्यकार तथा साहित्यप्रेमीहरूप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन भएकाे घोषणा गर्नुभएकाे थियाे । चाणक्य कलेजले उपस्थित सबैका लागि चिया–खाजाको व्यवस्था गरेको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




