विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिवसको अवसरमा छन्दवाटिका नेपाल, विराटनगरले देवकोटा स्मारक पाञ्चाली परिसरमा माल्यार्पण, रचना वाचन तथा देवकोटा–परिचर्चा सहित विशेष कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको प्रमुख अतिथि विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल रहनुभएको थियो। विशेष अतिथिमा प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम तथा वडा नं. ५ का कार्यवाहक वडा अध्यक्ष कुशेश्वर राजवंशी उपस्थित रहनुभएकाे थियाे ।
विशेष वक्ताका रूपमा प्रा. डा. हरिहर भण्डारी, प्रा. डा. मेदिनी शर्मा, प्रा. मीनराज ढकाल, प्रा. कविराज न्यौपाने र डा. देवी पन्थीले महाकवि देवकोटाको साहित्यिक योगदान, नेपाली काव्यभाषाको समृद्धि तथा आधुनिकताको विकासमा उहाँको अग्रणी भूमिकाबारे विस्तृत चर्चा गर्नुभएकाे थियाे ।
कार्यक्रममा कवि भरत बर्बरिक, बाबुराम पोखरेल, पुष्पा सायरा, भागिरथा पौडेल, रोहिणी रसिक, गोपाल निर्भीक, उमनाथ भट्टराई, मीनकुमार नवोदितलगायतका साहित्यकारहरूले देवकोटा–सम्बन्धी रचनाहरू वाचन गर्नुभएकाे थियाे ।
यस्तै, कवि राधिका गुरागाईं, प्रिन्स प्रमोद, विजय खतिवडा, अम्बिका खरेल, भवानी पोखरेल, सुजता राई, शारदा कार्की, शारदा भट्टराई, कविता चापागाईं, अच्युतमणि पोखरेल, सबिना श्रेष्ठ र रामसुन्दर राजवंशीले देवकोटाको कवित्व, मानवीय संवेदना र सिर्जनात्मक चिन्तनका पक्षहरूलाई आफ्ना अभिव्यक्तिबाट उजागर गर्नुभयाे ।
उपस्थित पाहुनाहरूलाई देवकोटा स्मारक समितिका तर्फबाट प्रा. कविराज न्यौपानेले स्वागत गर्नुभएको थियो। छन्दवाटिका नेपालका अध्यक्ष साहित्यकार तथा समालोचक हरि कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाकी उपाध्यक्ष निर्मला कोइरालाले गर्नुभएकाे थियाे ।
छन्दवाटिका नेपालले पछिल्ला दश वर्षदेखि प्रत्येक कात्तिक २७ लाई महाकवि देवकोटाको जन्मजयन्तीका रूपमा विशेष कार्यक्रमसहित मनाउँदै आएको छ।
कार्यक्रममा देवकोटाको साहित्य सेवा, व्यक्तित्व, भाषिक चेतना तथा नेपाली साहित्यमा उहाँको योगदानबारे सहभागीहरूले अत्यन्त भावनात्मक र प्रेरणादायी ढङ्गले स्मरण गर्नुभएकाे थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




