काठमाडौं। नाटककार, आख्यानकार तथा कवि विजय मल्लको जन्मशताब्दी महोत्सव नइ एकेडेमीले आयोजना गर्ने भएको छ।
१९८२ सालमा काठमाडौंमा जन्मिनुभएकाे मल्ल नेपाली नाटक, कथा, कविता र साहित्यिक चिन्तनका क्षेत्रका बहुआयामिक स्रष्टा मानिनुहुन्छ। उहाँ नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका उत्तराधिकारी स्वरूपका सर्जकका रूपमा चिनिनुहुन्छ।
शताब्दी महोत्सवका अवसरमा दुई कृतिहरू प्रकाशन गरिने भएका छन् — डा. साधना प्रतीक्षाको ‘नारीवादी नाटककार विजय मल्ल’ र नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘विजय मल्लको जीवनी’। कार्यक्रमको आर्थिक संयोजन नइ एकेडेमीका पूर्व कोषाध्यक्ष सुरबहादुर श्रेष्ठले गर्ने हुनुभएकाे छ ।
नइ एकेडेमीकाे कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको बैठकले शताब्दी महोत्सव आयोजना गर्ने निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभएकाे छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ पुष २०८२, मंगलवार 




