नेपाली कवि-लेखकहरुको सबैभन्दा पुरानो एवम् प्रतिष्ठित संस्था ले सत्याग्रही चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै संघले डा. केसीले अनसन सुरु गरेको तीन हप्ता बितिसक्दा पनि सरकारले बेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

सिर्जना कर्मका माध्यमबाट सामाजिक लोकतन्त्रको पक्षमा वकालत गर्दै आएको लेखक सङ्घले नेपालको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवालाई जनमुखी बनाउन डा. केसीले उठाएका मुद्दाहरु जायज भएको भन्दै सङ्घघले ऐक्यबद्धता जनाएको छ । आफैँले गरेका सम्झौता आफैँ उल्लङ्घन गर्ने प्रवृत्तिले सरकारप्रतिको नागरिकको विश्वास टुट्दै गइरहेको भन्दै एउटै मागका लागि एउटा सत्याग्रहीलाई पटक-पटक अनसन बस्न बाध्य बनाइनु लोकतन्त्रका लागि लज्जाको विषय भएको समेत विज्ञप्तिमा जनाइएको छ । नेपाली लेखक सङ्घका अध्यक्ष श्रवण मुकारुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा यथाशीघ्र वार्ता गरी डा. केसीको जीवन रक्षा गर्न सरकारसँग जोडदार माग गरिएको छ ।